जबरजस्ति करणी र शरिर बन्दक मुद्दामा लिखु तामाकोशी गाउँपालिका प्रमुख खड्काले पाए जिल्ला अदालतबाट सफाई

| कात्तिक ९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

९ कातिक,रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्कामाथि लागेका दुई वटा मुद्दामा खड्काले सफाइ पाएका छन् । 

 


शरिर बन्दक तथा अपहरण गरेको र जबरजस्ती करणी (बलत्कार केश) मुद्दामा उनले जिल्ला अदालत रामेछापबाट आज मंगलबार सफाई पाएको श्रेस्तेदार रामप्रसाद पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार गत २०७७ भदौं २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । सोही आरोपमा खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरि पूर्पक्षको लागि थुनामा पठाएको थियो । पछि उच्च अदातलले थुनामुक्त गरेको थियो ।

 

‘दुईवटा मुद्दामा गोबिन्द खड्काले सफाई पाएका छन्, आजै फैसला भएको हो श्रेस्तेदार पौडेलले रामेछाप टाइम्ससंग भने ।’

 


स्रोतका अनुसार खड्का माथि अब ठगी मुद्दा भने बिचारधिन् रहेको छ। 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार