रामेछापमा पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकाहरुलाई भोलीदेखि दोस्रो खोप लगाइने
फाइल फोटो
६ वैशाख,रामेछाप । रामेछाप जिल्लामा पहिलो चरणमा कोरोना भाइरस संक्रमण बिरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रामा लगाएकाहरुलाई मंगलबार (भोली) देखि दोस्रो चरणको खोप लगाइने भएको छ । पहिलो चरणमा जिल्लामा गत २०७७ माघ १४ गतेदेखि २४ गतेसम्म र दोस्रो पटक फागुन २ देखि १० गतेसम्म कोभिसिल्ड खोप लगाइएको थियो ।
आठवटै स्थानीय तहमा भोली एकैदेखि साथ पहिलो चरणको खोप लगाएकै स्थानबाट दोस्रो खोप गाउने तयारी अन्तिम चरणमा पुगेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले सोमबार बैठक बसी निर्णय गरेको छ ।
दोस्रो खोप मंगलबार जिल्ला अस्पताल समेत रहेको स्वास्थ्य कार्यालय रामेछापबाट ५ सय ८७ जनालाई लगाइने भएको छ ।
त्यस्तै सदरमुकाम समेत रहेको मन्थली नगरपालिका स्थित् प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीबाट ६३३ जनालाई खोप लगाइने जानकारी जिल्ला अस्पतालले जारी गरेको पत्रमा उल्लेख छ । दुई आगामी ११ गतेसम्म लगाईने बताइएको छ ।
हाल सम्म जिल्लाभित्रैका २२५ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै विभिन्न कारणले जिल्ला बाहिर रहेकाहरुलाई ८८ जना महिला सहित २९७ जनालाई कोरोना देखिएको छ ।
२ हजार ६ सय २७ जनाको स्वाब संकलन् गरिएको छ । कोरोना भाइरस संक्रमणलाई लक्षित् गरि १०९ बेड्को आइसोलेसन सेन्टर तयार पारिएको छ । भने २९ बेड्को क्वारेन्टिन् तयार पारिएको छ ।

