दोरम्बामा प्रेमबहादुर लामाको अध्यक्षतामा ७५ सदस्यीय एमाले पालिका समिति गठन

| कात्तिक ९, २०७८ मंगलबार

तस्विर स्रोत तुलप्रसाद कंडेल एमाले नेता । दोरम्बा शैलुङ् गाउँपालिकामा भएको एमाले पालिका अधिवेशन कार्यक्रम ।
A A A
A A A

९ कातिक, रामेछाप । दोरम्बा शैलुङ् पालिकाको एमाले अध्यक्षमा प्रेमबहादुर लामा सर्वसहमतिमा चयन भएका छन् । 

 


मंगलबार आठवटै स्थानीय तहमा भैरेहेको पालिका अधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा सो पालिकाको अध्यक्षमा लामा चयन भएको एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार पार्टीको पालिका उपाध्यक्षमा सन्तोष गौतम, सचिवमा देउबहादुर थापामगरलाई जिम्मेवारी दिएको छ । 


त्यस्तै सह सचिवमा नारायण श्रेष्ठ र बिष्णु लामा चयन भएका छन् । 


१० औं महाधिवेशन अन्तर्गत भैरहेको पालिका अधिवेशन अन्तर्गत दोरम्बा शैलुङ्मा ७५ सदस्यीय समिति गठन भएको हो ।  
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार