नेपालको पहिलो महिला मुख्यमन्त्री शाक्यद्वरा राजीनामा (भिडिओ)

| कात्तिक १०, २०७८ बुधबार

A A A
A A A

१० कातिक,रामेछाप । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले 'संविधानको धारा १६९ को उपधारा (१) क अनुसार प्रदेशको ब्यवस्था अनुसार मार्ग प्रसस्त गरिकी छु उनले भनिन् ।' आगामी दिनमा उनले मिलेरै काम गर्नु पर्नेमा जोड् दिएकी छन् ।

 

शाक्यले आज प्रदेशमा विश्वास्को मत लिने कार्यसूची थियो । करिब आधा घण्टा सम्बोधन गरेकी शाक्यले प्रदेशको विकासमा आफूले निकै राम्रो भूमिका खेलेको उनले बताइन् ।

 

त्यसको लागि पूर्वधार तयार गरेक उनको दाबी छ । बैठकमा बोल्दै मत विभाजन भन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताइन् ।

 

सबैको सहयोगले प्रदेशमा विकास अगाडि बढेको उनको भनाई थियो । सबैको सुझावका आधारमा राजिनामा दिएको उनले बताइन् । 


शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।  

 

शाक्य गत भदौ २ गते बुधबारका दिन नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । 


शाक्यको राजीनामासँगै बागमतीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ ।

 

जसको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुने छ । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार