एमाले मन्थली नगर कमिटीको सचिवमा राजु कार्की बिजयीः सोनु रोका पराजित
फाइल फोटो
१० कातिक, रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मन्थली नगरपालिकाको नगर कमिटी सचिवमा राजु कार्की बिजयी भएका छन् ।
दुई जनाको बलिया दाबेदार रहेको सचिव पद कार्कीले पाएका हुन् । अर्का सचिव दाबेदारमा सोनु रोका रहेका थिए ।
अध्यक्ष, उपाध्यक्ष र सदस्य निर्विरोध चयन गरेको नगरमा सचिव पदमा भने भोटिङ् भएको थियो ।
कार्कीले रोकालाई पराजित १६ मतले हराएका हुन । कार्कीले ४१ मत ल्याउँदा रोकाले २५ मत मात्रै पाएका छन् । ३ मत बदर भएको छ ।
अध्यक्षमा यसअघिनै रामबाबु घिमिरे चयन भैसकेका छन् ।
