एमाले मन्थली नगर कमिटीको सचिवमा राजु कार्की बिजयीः सोनु रोका पराजित

| कात्तिक १०, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१० कातिक, रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मन्थली नगरपालिकाको नगर कमिटी सचिवमा राजु कार्की बिजयी भएका छन् । 



दुई जनाको बलिया दाबेदार रहेको सचिव पद कार्कीले पाएका हुन् । अर्का सचिव दाबेदारमा सोनु रोका रहेका थिए । 

 

अध्यक्ष, उपाध्यक्ष र सदस्य निर्विरोध चयन गरेको नगरमा सचिव पदमा भने भोटिङ् भएको थियो ।

 

कार्कीले रोकालाई पराजित १६ मतले हराएका हुन । कार्कीले ४१ मत ल्याउँदा रोकाले २५ मत मात्रै पाएका छन् । ३ मत बदर भएको छ ।

 

अध्यक्षमा यसअघिनै रामबाबु घिमिरे चयन भैसकेका छन् । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार