रामेछापमा आठ स्थानीय तहको कोभिड खर्चः सुनापतिको ६० लाख,दोरम्बा शैलुङको ९ लाख मात्रै, (विवरण यस्तो छ सबैको पालिकाको)

| कात्तिक ११, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

११ कातिक, रामेछाप । कोरोना महामारी रोकथामको लागि रामेछापका आठ स्थानीय तहले मनलाग्दी खर्च गरेको देखिएको छ । यसरी गत चैत महिनामा सुरु भएको दोस्रो लहरको कोरोना रोकथामको लागि विभिन्न शिर्षकमा स्थानीय सरकारले खर्च गरेका हुन्। संक्रमण रोकथामको लागि सबै भन्दा धेरै सुनापती गाउँपालिकाले बजेट खर्चीएको छ । भने सबैभन्दा कम दोरम्बा शैलुङ् गाउँपालिकाले गरेको तथ्याङ्कले देखाएको छ । 

 


बिहिबार हुराडेक नेपाल दोलखाले एक छलफलकाबीच सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुनापती गाउँपालिकाले सबैभन्दा बढी रकम खर्च गरेको देखिएको हो । 
स्वास्थ्य सामाग्री खरिद्, सवारी तथा एम्बुलेन्स ढुवानी, आईसोलेशन व्यवस्थापन, कोभिड अस्पताल संचालन, कर्मचारी प्रोत्साहन भत्ता, यातायात तथा सचेतना कार्यक्रममा, मानव श्रोत परिचालन लगाएतका शिर्षकमै पालिकाहरुले लाखौं खर्चिएका छन् ।  


संक्रमण रोकथामको लागि सुनापतीले ६० लाख ८० हजार रुपैयाँ खर्च गरेको छ । 


त्यस्तै बढी खर्च गर्नेमा दोस्रोमा लिखु तामाकोशी गाउँपालिका परेको छ । सो गाउँपालिकाले विभिन्न शिर्षकमा ५१ लाख ५० हजार रुपैयाँ खर्च गरेको तथ्याङ्कले देखाएको छ । 


त्यस्तै धेरै खर्च गर्ने तेस्रोमा खाँडादेवी गाउँपालिका परेको छ । खाँडादेवीले ४३ लाख १३ हजार ९ सय ३१ रुपैयाँ खर्च गरेको जनाएको छ । भने दुई पालिकाहरुले भने खर्चको शिर्षक बिनानै खर्च गरेको कूल बजेट मात्रै  दिएका छन् । उमाकुण्ड गाउँपालिका र दोरम्बा गाउँपालिकाले एक मूष्टमा मात्रै खर्च विवरण भएको जनाएका हुन् ।

 

यसरी उमाकुण्डले कूल २५ लाख बजेट कोरोना रोकथाममा खर्च गरेको तथ्याङ्क संस्थालाई प्राप्त भएको संस्थाले सार्वजनिक गरेको हो । 

 


त्यस्तै दोरम्बा शैलुङ् गाउँपालिकाले कूल ९ लाख ५० हजार खर्च गरेको छ । 


यता सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भने कूल २८ लाख ३३ हजार १२२ रुपैयाँ खर्च गरेको छ । 


त्यस्तै रामेछाप नगरपालिकाले ३१ लाख ५७ हजार २२१ रुपैयाँ खर्च गरेको जनाएको छ । 

खर्चको विवरण यस्तो छ हे्नुहोस् । 
 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार
रामेछाप टाइम्स
| साउन १, २०७८ शुक्रबार