उर्जामन्त्री भुसालले भनिन्- ‘रामेछापमा विद्युत र सिंचाइको समस्या भए आउनुस्, सबै समस्या समाधान गर्छु’

| कात्तिक १३, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

कातिक, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले रामेछापमा देखिएको विद्युत् र सिंचाइ समस्या समाधान गरिदिने आश्वसन दिएकी छन् । नेकपा (माओवादी) केन्द्र रामेछाप नगरपालिका काठमाडौँ सम्पर्क समन्वय समितिद्वरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

 


रामेछाप जनयुद्ध र कम्युनिष्टको उद्गम स्थल भएको भन्दै आफूले विशेष प्राथमिकता दिने बताएकी हुन् । उनले नयाँ जनवादी क्रान्ति पूरा भएको र अब त्यसलाई विकास गर्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने कार्यदिशाको विकास गर्ने कार्यभार माओवादीले पूरा गर्न लागेको बताइन् ।  


मन्त्री भुसालले छरिएर रहेको कम्युनिष्टहरु एक भएपछि मात्र कम्युनिष्टले बोकेको लक्ष्य पूरा हुने उनको तर्क छ । उनले ओलीले व्यक्ति केन्द्रित भएर सरकार चलाएको कारण अहिले नेपाल यो खालको राजनीतिक अस्थिरता आएको उनले आरोप लागाइन ।