भाइटीकाको उत्तम साइत ११ः २ मिनेटमाः १२ बजे अगाडिनै टिका लगाउनू पर्ने

| कात्तिक १५, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१५ कातिक, काठमाडौं । यसपालिको भाइटीकाको उत्तम साइत कातिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

 

समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु राम्रो छ । 

 

उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उनको भनाइ छ ।

 

शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्न उहाँको सुझाव पनि छ ।

 

यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ ।

 

यसपालिको तिहार पर्सि बुधबारदेखि सुरु हुँदैछ ।

 

यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।

 

पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। स्रोत उज्यालो

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार