‘लिखु तामाकोशीमा कांग्रेसले स्थानीय तहको चुवान जित्छ,सक्कली र नक्कली कांग्रेस छुट्याउनु पर्छ’-सभापति खड्का

| कात्तिक १५, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A


१५ कातिक, रामेछाप । नेपाली कांग्रेस रामेछाप क्षेत्र नं ‘क’का क्षेत्रीय सभापति निरोज खड्काले लिखु तामाकोशी गाउँपालिकामा आउदो स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा कांग्रेसले जित्ने जिकिरे गरेका छन् । 


नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिकाद्वरा आयोजित दिपावलीको शुभकामना आदान प्रर्दान कार्यक्रममा बोल्दै सभापति खड्काले यस्तो बताएका हुन् ।

 

उनले अहिलेको स्थानीय सरकारको कारणले सबै कुरामा खराब पालिकाको नमुना गाउँपालिका बनेको इंगित गर्दै अबको स्थानीय निर्वाचनमा यस्ता प्रात्रलाई चिन्न उनले आग्रह गरे । 
आउदो निर्वाचनमा काम गर्न सक्ने ब्यक्तिलाई टिकट् दिन पनि पार्टीलाई आग्रह गरे ।

 

१४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित् भएपछि पहिलो औपचारिक कार्यक्रममा बोल्दै उनले भने ‘स्थानीय तहको निर्वाचन जितेको झोकमा कुनै साथिले भनेका थिए, अब यो पालिकामा कांग्रेसको झण्डा मात्रै हुन्, साईबोर्ड मात्रै बाँकि रहन्छ, अहिले झण्डा पनि छ, कांग्रेसमा लाग्ने साथिको पनि ओहीरो छ । टोल टोलमै कांग्रेस जन्मिदै छन । रक्तपिच जसरी घरघरमा कांग्रेस जन्मिदै छन् ।’ 


यो ५ वर्ष लिखु तामाकोशीका कांग्रेसीले ठूलो दुःख पाए । आज निकै रमाईलो भईरहेको छ । योअब आउदो चुनावमा कांग्रेसले लिखु तामाकोशीमा बिजयीको झण्डा गाड्छ भने । उनले कांग्रेस भएबापत पालिकामा निकै दुःख खेप्नु परेको बताए । ‘सभापति लिखुमा अब हिट्लरको शासनबाट मुक्त हुदैछ । कांग्रेस भएबापत हेपीनु पर्दैन भने ।’ उनले असली कांग्रेस र नक्कली कांग्रेस छुट्टाउनु पर्ने समेत बताए । 


अहिलेको लिखु तामाकोशी गाउँपालिकाले केही गर्न नसकेको भनेर पालिका प्रति आक्रोश ब्यक्त गरे । 


उनले आफूलाई १४ औं अधिवेशन अन्तर्गतको क्षेत्रीय सभापतिमा हराउनको लागि झोलामा पैसा बोकेर केही ब्यक्तिहरु लागेको समेत बताए  ।

 

उनले जनप्रतिनिधिबाट यो काम भएको बताए । तर, नाम खुलाएनन् ।   उनले आउदो पालिका, प्रदेश र संघीय निर्वाचको लागि तयारीको लागि लाग्नु पर्नेमा ध्यानाकर्षण गरे ।

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार