‘चर्को स्वरले भाषण गरेर हैन काम गरेर देखाउने बेला आएको छ, रामेछाप कांग्रेसले अब त्यो गर्छ’-सभापति ‘कान्छाराम’

| कात्तिक १६, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१६ कातिक,रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) ले आउदो फागुनभित्रै पार्टीले वडा र पालिकाको नेतृत्व कसलाई दिने भनेर टुङ्ग्याउने बताएका छन् ।

 


१४ औं अधिवेशनबाट पार्टी सभातिमा निर्वाचित् भएका तामाङ्ले उनका सभापतिपदका दुई जना (लवश्री न्यौपाने र कृष्णबहादुर मतह) प्रतिद्वन्दीको बीचमा बोल्दै कांग्रेसलाई आठवटै स्थानीय तहमा बलियो बनाउन आफूसंग धेरै ज्ञान भएको समेत बताए । 


कांग्रेस लिखु तामाकोशी गाउँपालिकाद्वरा दिपालवीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति तामाङ्ले सामाजिक संजालमा धेरै नकारात्मक टिप्पीण नगर्न समेत पार्टीका कार्यकर्तालाई आग्रह गरे । 


उनले लिखु तामाकोशी गाउँपालिमा कांग्रेस कम्जोर रहेको भन्दै अब तत्काल पालिकाभित्र कांग्रेस बलियो बनाउनु पर्ने पालिका सभापतिलाई समेत निर्देशन दिए ।


उनले पार्टीलाई पूर्वसभापतिहरुसंगको छलफलबाट अगाडि बढाउने बताए । उनले पार्टीले सबैलाई पदजिम्मेवाी दिएको भन्दै कांग्रेस अब योजनाबद्ध तरिकाले अगाडि बढ्ने योजना सुनाए । 

सभापति भएपछि एकैमञ्चमा देखिएका कांग्रेसका नेताहरुले जिल्लामा कांग्रेस एक ढिक्का भएको बताएका छन् । 

 

उनले चर्कोस्वरले चिच्याएर नभै काम गरेर देखाउनु पर्ने बेला आएको बताए । समाजसेवीको छबी बनाएका सभापति तामाङ्ले सामाजिक काम गर्ने आफूसंग सम्पूर्ण ज्ञान भएको जिकिर गरे ।  

कार्यक्रमको तस्विरहरु हेर्नुहोस् 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार