कोरोना बिरुद्धको खोपः मन्थली नगरपालिकामा करिब १७ हजारले लगाए,

| कात्तिक १६, २०७८ मंगलबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१६ कातिक, रामेछाप । रामेछापको मन्थली नगरपालिकाका १६ हजार बढीलाई कोरोना विरुद्ध खोप लगाएको छ । हालसम्म १६ हजार ५ सय भन्दा बढी नागरिकलाई खोप लगाइसकेको जनाएको छ । सदरमुकाम मन्थलीमा मंगलबार मानव अधिकार संरक्षण सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको स्वास्थ्य तथा शिक्षा अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले जानकारी दिए । 


कार्यक्रममा मन्थली नगरपालिका शिक्षा शाखाका प्रमुख हेमन्तकुमार बुढाथोकीले नगरपालिकाको शिक्षा क्षेत्रमा कोभिडले पारेको प्रभावलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै शैक्षिक गतिविधि अघि बढाइएको बताए । उनले नगरपालिकाका सबै विद्यालयका प्रधानाध्यपकलाई राखि कोभिडको प्रभाव र विद्यालयले गरेको व्यवस्थापको बारेमा छलफल गरेको जानकारी दिए । सो क्रममा हालमसम्म खासै समस्या नआएको प्रधानाध्यापकहरुले रिपोर्टिङ गरेको सुनाएका थिए ।

 

कोभिड–१९  को जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सेवा र शिक्षालाई थप प्रभावकारी बनाउन स्थानीय सरकारलाई सुझाव दिएको थियो । 


यसैबीच जिल्लाबार रामेछापका अध्यक्ष बिचारसिं तामाङ, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य मिलन घिसिङ, रामेछापका उपाध्यक्ष रत्न प्रसाद कँडेल, जनजाति महासंघका पूर्वअध्यक्ष खड्ग आलेमगर अधिवक्ता बाबुकाजि दाहाल लगायतले संक्रमण घटेपनि जोखिम कायमै रहेकोले विद्यायल र भिडभाड बढी हुने स्थानमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न मन्थली नगरपालिकालाई सुझाव दिए । 


यसैगरी मन्थली नगरपालिकामा सुविधासम्पन्न अस्पताल स्थापना गर्नेकुरामा सम्बन्धित निकायको ध्यान जानुपर्नेमा सहभागीको जोड थियो ।

 

कार्यक्रम मानवअधिकारी संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाद प्रसाईको अध्यक्षतामा सम्पन्न भएको हो ।
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार