अन्तर मा.वि. स्तरीय खुल्ला हाजिरजवाफ प्रतियोगितामा श्री मा.वि. राकाथुम प्रथम

| कात्तिक १७, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१७ कार्तिक, रामेछाप । नेपाल बिद्यार्थी संघ (नेविसंघ) श्री बुद्धभवानी मा.वि इकाई समितिद्वरा आयोजित खाँडादेवी गाउँपालिका भित्रका अन्तर मा.वि. स्तरीय खुल्ला हाजिरजवाफ प्रतियोगितामा श्री मा.वि. राकाथुम प्रथम भएको छ । 


श्री बुद्धभवानी मा.वि.मा आयोजित प्रतियोगितामा राकाथुम मा.वि.का सिर्जन श्रेष्ठ, दुर्गा श्रेष्ठ र सुदर्शन खातीको टिम प्रथम भएको हो । उक्त प्रतियोगितामा खाडादेवी गाउँपालिका भित्रका ९ वटा मा.वि विद्यालयहरुको सहभागिता रहेको थियो ।

 

प्रथम हुने टिमले नगद ५ हजारको साथमा स्टेस्नटरीका सामाग्री पुरस्कार स्वरुप पाएका छन् । 


त्यस्तै विष्णु जनज्व्ती मा.वि माकादुम, द्वितित, प्रगतिशील मा.वि भिरपानी, तृतिय, भएका छन् । उनीहरुले क्रमशः ३ हजार ५ सय र २ हजार ५ सयको साथमा स्टेस्नटरीका सामाग्री पुरस्कार पाएका हुन् । 


त्यस्तै मानेडाडा मा.वि पिन्खुरीले सान्त्वना स्थान हांसिले गरेको छ । उसले नगद एक हजारको साथमा स्टेस्नरीका सामाग्री पाएको हो । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार