कांग्रेस अधिवेशनः उपसभापति पदका उम्मेद्वरा लामासहित ६ जनाले पुःन मतगणना हुनु पर्ने मागसहित केन्द्रीय समितिमा निवेदन हाले

| कात्तिक १७, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१७ कातिक,रामेछाप । रामेछापमा गत असोज २६ गते सम्पन्न अधिवेशनको मतगणनामा धाँधली भएको भन्दै पुनस्मतगणनाको माग गरेका छन् । जिल्ला अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको भन्दै जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएकोले पुःन मतगणनाको हुनु पर्ने मागसहित मंगलबार केन्द्रीय समितिमा निवेदन परेको हो ।

 


यसरी पुःन मतगणना हुनु पर्ने भन्दै जिल्ला उपसभापति पदका उम्मेदवार बेदराज लामा, महाधिवेशन प्रतिनिधिका उम्मेदवार गजेन्द्रबहादुर कार्की, झनक श्रेष्ठ, सिर्जना खड्का, सुमित्रा मोक्तान र डा. सुमन कर्माचार्यले निवेदन दर्ता गरेका हुन् । 


निवेदनमा उम्मेदवारहरुलाई मतगणनाको आचारसंहिताबारे जानकारी नदिएको, मतगणनास्थलमा पस्न नदिएको, सीमित उम्मेदवारको दबाबमा मत गनिएकोले जित्ने उम्मेदवार हार्ने र हार्नेले जित्ने सम्भावना भएकाले केन्द्रीय समितिमा झिकाएर पुनस् मतगणना गर्न माग गरेको निवेदक मध्येका झनकबहादुर श्रेष्ठले बताए ।

 


जिल्लामा निर्वाचन गराउनका लागि आएका जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले मतपरिणाम घोषणासहितको प्रतिवेदन केन्द्रीय निर्वाचन समितिलाई बुझाइसकेको जानकारीसमेत श्रेष्ठले दिएका छन् ।
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार