मन्थली आकाशेमा माईक्रोबस पल्टीयोः घाइतेलाई काठमाडौं रेफर

| कात्तिक २४, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२४ कातिक,रामेछाप । रामेछापको मन्थलीस्थित आकाशेमा माईक्रोबस दुर्घटनामा परेर घाइते एक जनालाई काठमाडौं रेफर गरिएको छ ।

 

बा १ ज ७५८२ नम्बरको माईक्रो बस बुधबार बिहान ७ : ३० बजेको समयमा आकाशेबाट मन्थली बजार आउने क्रममा ब्रेक फेल भएर दुर्घटनामा परेको थियो ।

 

दुर्घटनामा मन्थली नगरपालिका वडा नं ३ डाडागाउँ बस्ने ३३ वर्षीय हरिबहादुर रोका घाइते भएका थिए । दुई जना सवार माईक्रोबस दुर्घटनामा पर्दा अन्दाजी ६ मिटर सडकबाट तलखसेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार दुर्घटनामा परेर घाइते रोकालाई तामाकोशी अस्पताल मन्थलीमा सामान्य उपचारपछि काठमाडौं रेफर गरिएको छ ।  उनले भने दुर्घटनामा रोकाको शरिरमा चोट लागेको दुबै खुट्ट पूर्णरुपमा नचलेकाले काठमाडौं लागिएको छ ।