एमाले रामेछापले १९ जना महाधिवेशन प्रतिनिधि सर्वसहमतिमै टुङ्गो लगायो

| कात्तिक २७, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२७ कातिक,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले सर्वसहमतिमा महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । 

 


आज देशब्यपारी रुपमा भैरहेको प्रतिनिधि छनोट्मा रामेछापमा पनि आज सर्वसहमतिमै १९ जना प्रतिनिधि छनोट् सकिएको एमाले रामेछापका पार्टी प्रचार विभागका प्रमुख प्रकाश कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने 'नामावाली सर्वसहमितिमै टुङ्गो लागेको छ । निर्वाचन समितिले निर्वाचनको प्रक्रिया पूरा गर्दै छ । केही बेरमा घोषण हुन्छ ।'

 


जिल्लामा दुई जना उत्पीडि समूहबाट केही दिन अगाडिनै टुङ्गो लगाएको एमालेले आज १७ जना प्रतिनिधि छनोट् गर्दै छ । जसमा १२ जना पुरुष, ५ जना महिला र ३ जना उत्पीडि समूहबाट छनोट् हुने बताइएको छ । 

 


निरन्तरको छलफलपछि आज सर्वसहमतिमै प्रतिनिधि टुङ्गो लागेको एमाले रामेछापले बताएको छ ।  
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार