ट्याक्टर दुर्घटना अपडेट्ः घाइते श्रीमान-श्रीमतीको उद्दार गरि मन्थली ल्याइदै, उद्दब पौडेलको मृत्यु

| कात्तिक ३०, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

३० कातिक, रामेछाप । आज लिखु तामाकोशी गाउँपालिका १ दुरागाउँमा भएको ट्याक्टर दुर्घटनामा परेका सबैको परिचय खुलेको छ ।

 

दुर्घटनामा परि सोही ठाउँका अन्दाजी ५० वर्षीय उद्दव पौडेलको मृत्यु भएको छ । दुर्घटनामा श्रीमान श्रीमती घाइते भएका छन् ।

 

घाइते हुनेमा दुर्गाबहादुर भुजेल र उनीकी श्रीमती मीनकुमारी भुजेल रहेका छन् । श्रीमान बेहोस् अवस्थामा रहेकाले उद्दार गरि मन्थली तर्फ पठाइएको वडा नं २ सैपुका वडा अध्यक्ष पदम तामाङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार श्रीमान श्रीमतीलाई ठूलो चोट् देखिने गरि छैन् । तर, बेहोस् भएकाले अबस्था अन्जान रहेको उनले सुनाए । 

 


सैपुबाट विद्यालयको सामान लिएर दुरागाउँ तर्फ जाँदै गरेको ७२८४ नम्बरको ट्याक्टर दुरागाउँको बसेरि भन्ने स्थानमा दुर्घटनामा परेको उनले सुनाए । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार