मन्थली नगरपालिकाले तीन दिने सहकारी ब्यवस्थापन तालिम संचालन गर्ने

७ वैशाख, मन्थली । मन्थली नगरपालिकाले तीन दिने सहकारी ब्यवस्थापन तालिम संचालन गर्ने भएको छ ।
तालिममा सहभागी हुन नगरपालिकाले,नगरपालिकामा अध्यावधिक र सूचिकृत भएका सहकारी संस्थाहरुलाई आवेदन पनि माग गरेको छ । तालिममा लेखा, अभिलेख, कानून तथा क्षमता विकास गरिने जानकारी दिएको छ ।
तालिममा एक सहकारी संस्थाबाट आवेदन दिएर छनोटमा परेका दुई जना सहभागी हुन पाइने छ । जसको लागि कार्यसमितिका एक जना र लेखा हेर्ने कर्मचारी वा ब्यवस्थापक एक जना सहभागी हुन पाउने छन् ।
तालिम निकट भविष्यमै संचालन हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचना हेर्नुहोस्