हामी आठ वटै स्थानीय तहका विभिन्न ठाउँमा व्यवसाय गरेर सेवा प्रदान गर्छौ,तर, हामीलाई राज्यले अर्कै दृष्टिकोणले हेर्छ केशव घिमिरे (भिडिओ)
व्यवसायी तथा उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरे भन्छन् ‘हामी जिल्लाका आठ वटै स्थानीय तहका विभिन्न ठाउँमा व्यवसाय गरेर सेवा प्रदान गर्दै आएका छौं। तर, हामीलाई राज्यले अर्कै दृष्टिकोणले हेर्छ । गुम्देल जस्तो माथिल्लो भेगदेखि रामपुर जस्तो तल्लो भेगसम्म व्यवसाय गरेर सेवा प्रदान गरिरहेका छौं । तर, पनि हामीलाई दर्ता नगरेको भन्दै विभिन्न कानूनी प्रावधानमा पारेर दण्डित् गरिने गरेको छ ।’