बक्समाण्डु क्लवका दावा छिरिङ लामालाई हराउँदै रामेछापका सुमन कार्की बक्सिङ्ग प्रतियोगिताको फाइनलमा प्रवेश

| मंसिर ३, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

३ मंसिर, रामेछाप । रामेछाप खाँडादेवी पकरबासका सुमन कार्की प्रकाश दाहाल स्मृति दोश्रो राष्ट्रिय महिला तथा पुरुष बक्सिङ्ग प्रतियोगिता-२०७८ को फाइनलमा प्रवेश गरेका छन ।

 

हिजो ९बिहीबार० भएको खेलमा एपीएफका सुमन कार्कीले ६७ केजी तौल समूहमा बक्समाण्डु क्लवका दावा छिरिङ लामालाई हराउँदै फाइनलमा पुगेका हुन् ।


त्यसैगरी ७१ केजी समूहमा एपीएफका विकास लामाले रेज क्लवको कोसिश श्रेष्ठलाई हराउँदै फाइनलमा पुगेका छन् ।

 

एपीएफका अर्का खेलाडी पुरण राईले एचटुओका बुद्ध ग्याम्जो लामालाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् भने एपिएफकै सोनाम सार्की काँस्कीका सागर परियालाई हराउँदै फाइनलमा पुगेका छन् । फाइनल खेल शुक्रबार हुनेछ ।

 


प्रतियोगिता नेपाल बक्सिङ्ग संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराँते हलमा सञ्चालन भइरहेको छ ।
 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार