पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नीलाई कोरोना पुष्टि
फाइल फोटो
७ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
केही समय अघि भारतको हरिद्वारबाट फर्किए लगत्तै उनीहरुले कोरोना संक्रमणको परीक्षण गराएका थिए ।
उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
संक्रमण पाइएसँगै उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतको दाबी छ ।
