ट्रकले ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते

| मंसिर ४, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

४ मंसिर,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटे अन्तर्गत चिहानेमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एकको मृत्यु भएको छ भने  एक गम्भीर घाइते भएका छन् ।

 

दुर्घटनामा परि बा ०३१ प ०५८४ नम्बरको मोटर साईकलमा सवार बाह्रबिसेका एकबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको छ भने सोही मोटर साईकलमा सवार आशिस श्रेष्ठ सक्त घाईते भएका छन । घाईतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ ।

 


उनीहरुलाई काठमाडौंबाट बाह्रबिसे तर्फ आउदै गरेको बा ५ ख ४२८२ नम्बरको आईचर ट्रकले काठमाडौं तर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दिएको थियो ।