खिम्ती-मिल्ती र देविटारका व्यवसायीहरुलाई करदाता ‘शिक्षा’

| मंसिर ४, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

४ मंसिर, रामेछाप । खिम्ती-मिल्ती र देविटारका व्यवसायीहरुलाई करदाता (‘शिक्षा’)  बारे सचेत गराइएको छ । १० औं राष्ट्रिय कर सप्ताहको अवसरमा आज जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको खिम्ती बजार र मन्थली नगरपालिकाको वडा नं. १३ देवीटार र १४ मिल्तीका करदाताहरुलाई कर सम्बन्धी सचेतना कार्यक्रम भएको छ । साथै करसप्ताहको बारेमा प्रस्टाईएको छ । 


‘‘स्वच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र समृद्धि’’ भन्ने मुल नाराका साथ करदाता सेवा कार्यालय मन्थली, र रामेछाप उद्योग वाणिज्य संघको संयूक्त आयोजनामा गत बुधबार १ गतेदेखी ७ गते सम्म सप्ताहाव्यापी कार्यक्रम गर्दै आएको उद्योग वाणिज्य संघ रामेछापले बुधबार मन्थलीमा प्रभातफेरी, शुक्रबार करदाता सेवा कार्यालय र रामेछाप नगर उद्योग वाणिज्य संघ रामेछापको संयुक्त रुपमा करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।  


आजको कार्यक्रममा संघका अध्यक्ष केशब प्रसाद घिमिरे, करदाता सेवा कार्यालयका करअधिकृत कृष्ण प्रसाद न्यौपाने, संघका महासचिव नवराज ढुंगेल, कार्यकारी अधिकृत नवीन के।सी। उद्योगीले व्यवसायीहरूले पालना गर्नु पर्ने आयकर दर्ता मुल्यसूची, अखाद्य वस्तुको नापतौलका सामानहरूको दर्ता तथा नविकरणको बारेमा सचेत गराएका थिए ।

 

सप्ताहव्यापीका रूपमा मंसिर ७ गते सम्म विभिन्न कार्यक्रम हुने संघका कार्यकारी अधिकृत नवीन के.सी जानकारी दिए । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार