अन्तराष्ट्रिय बाल दिवसः ‘बालबालिकाको क्षमता विकासमा जोड्’ (फोटोफिचर)

| मंसिर ४, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

४ मंसिर,रामेछाप । अन्तराष्ट्रिय बाल दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको च । शनिबार आज सदरमुकाम मन्थलीमा एक दर्जनभन्दा बढि विद्यालयका बालबालिकाहरुले विभिन्न सांस्कृतिक कार्यक्रम, र्यालीसहित दिवस मनाएका हुन् । वातावरण संरक्षण परियोजना मन्थलीको आयोजना तथा मन्थली नगरपालिका, रामेछाप नगरपालिका र नगर बाल कल्ब संजाल मन्थली रामेछापको सहकार्यमा मनाइएको हो । 

र्यालीमा बालअधिकार सम्बन्धी ब्यानर र विभिन्न प्लेकार्ड सहित जिल्ला समन्वय समितिबाट निस्किएको र्याली मन्थली बजार परिक्रमा गरि सामुदायिक हलमा पुगेको थियो । 
कार्यक्रममा बालबालिकाहरुले विभिन्न कविता वाचन गरेका थिए । 

 

सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर खड्काले बालबालिकाको क्षमता विकास अध्ययन तथा मनोरन्जनको क्षेत्रमा समेत सहयोग पुग्ने भएकोले दिवसलाई महत्व दिन आग्रह गरेका थिए । 


त्यस्तै प्रमुख जिल्ला अधिकारी दीपक पहाडी,नेपाल पत्रकार महासँघका अध्यक्ष बद्री नयाँघरे,बाल तथा मानबअधिकारकर्मी हिमाल ढ्गेक्ल,परियोजनाका बलराम लामा लगायतका बक्ताहरुले दिवसको महत्वका बारेमा प्रकाश परेका थिए । 

गत पाँच वर्ष देखि रामेछाप नगरपालिकाका वडा नं ७, ८ र ९ गरि ३ वटा वडा र मन्थली नगरपालीकाको वडा नं १,२ र ३ मा काम गर्दै आएको परियोजनाले बाल क्लब संजाल गठन गरि क्लब मार्फत बृक्षारोपण लगायत बातावरण संरक्षण तथा बालीकाको चेतना तथा क्षमता अभिबुद्धि, तथा शैक्षिक उन्न्यन लगाएतको क्षेत्रमा काम गर्दे आएको छ । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार