राकाथुम माओवादी अध्यक्षमा रामकुमार श्रेष्ठ, विभिन्न ७ जनवर्गीय संगठन पनि गठन

| मंसिर ५, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

५ मंसिर,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खाँडादेवी गाउपालिका वडा नं १ राकाथुममा रामकुमार श्रेष्ठको अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ । 

 


शनिबार भएको वडा कमिटी गठनमा उपाध्यक्षद्वयमा चण्डिकालाल मोक्तान र नर वहादुर श्रेष्ठ (ठुलो), कोषाध्यक्ष डिल वहादुर श्रेष्ठ र सचिवमा जीवन रानामगर चयन भएका छन् । 
सर्वसहमतिमै त्यहाँ कमिटी गठन गरिएको वडा अध्यक्ष समेत रहेका माओवादीका नेता विष्णु श्रेष्ठले जानकारी दिए । 

 


त्यस्तै र सह–सचिव भरत लामा चयन भएको उनले बताए । साथै सोही दिन विभिन्न जनवर्गीय संगठन, जेष्ठ कम्युनिस्ट मञ्च, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), अखिल नेपाल किसान संघ (क्रान्तिकारी ), सल्लाहकार समिति र योङ कम्युनिस्ट लिग समेत गठन गरिएको श्रेष्ठले जानकारी दिए ।