रामेछापमा आजदेखि २५ जना भन्दा बढी एकै ठाउँ भेला हुन नपाइने

| बैशाख ७, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

७ वैशाख, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा एकै ठाउँमा २५ जना भन्दा बढी भेला हुुन नपाई नियम लागू गरेको छ । 

कोरोना संक्रमण दिनानू दिन बढी रहेको परिस्थितिलाई ध्यानमा राख्दै मंगलबारदेखि एकै ठाउँमा २५ जना भन्दा बढी भेला हुन नपाइने जिल्ला प्रशासनका सूचना अधिकारी युवराज गुरागाईले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने 'कोरोना दिनानू दिन बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर आजदेखि हामीले प्रशासनमा आउनेलाई पनि मास्क बिना प्रवेश दिएका छैनऊ । स्यानिटाइजरले हात धुन लगाएका छौं, अनि मात्रै प्रवेश हुन्छ । कोरोना सबै तिर बढ्दैछ, सबैले सुरक्षित् हुन पर्छ, प्रशासनले नियम लागू गर्ने हो । त्यसलाई कार्यन्वयन गर्नु पर्ने त नागरिकहरुको पनि दायित्व हुो । हामी सबै सुरक्षित हुनु पर्ने बेला आएको छ ।'

 

विगतमा प्रशासनले जारी गरेको निर्णयलाई लत्याउदै जिल्लामा राजनीतिक भेला, बैठक, र्याली जस्ता कार्यहरु पटक पटक हुदै आएको छ । 
उनले यो पटक भेलाहरु गर्दा २५ जना भन्दा बढी सहभागी हुन पाईनेछैन भने ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार