स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडा आज रामेछाप आउदै

| मंसिर १०, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१० मंसिर,रामेछाप । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं (एकिकृत समाजवादी) (एस) पार्टीका पोलिट्ब्युरो सदस्य बिरोध खतिवडा आज रामेछाप आउदै छन् । 

 

एस सुनापति गाउँपालिकाले पालिकाको वडा नं ३ हिलेदेवीको सादीडाँडामा हुने वृहत पार्टी भेला तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खतिवडा जिल्ला आउने एस जिल्ला सचिव लालसिं घिसिङ्ले रामेछाप टाइम्सलाई बताए । 


मन्त्री खतिवडा बिहान करिब ११ बजे आइपुग्ने बताइएको छ । 

 


भेलालाई मन्त्री खतिवडासंगै केन्द्रीय पोलिट्ब्युरो सदस्यद्वय देवशंकर पौडेल र होम बुढाथोकीले सम्बोधन गर्ने छन् । साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने बताइएको छ । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार