एकिकृत समाजवादी सुनापतिको पालिका अध्यक्षमा दुर्गा घिमिरेः हिलेदेवी,बेथान र खनियाँपानीको वडा कमिटी पनि बन्यो

| मंसिर १०, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१०, मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) (एस) सुनापति गाउँपालिकाको अध्यक्षमा दुर्गा घिमिरे चयन भएका छन् । शुक्रबार आज भएको भव्य कार्यक्रमकाबीच घिमिरेको अध्यक्षतामा ३५ सदस्य कमिटी घोषणा भएको हो । 

 

एकिकृत समाजवादी पार्टीका केन्द्रीय स्थायी कमिटी सदस्य बिरोध खतिवडासहितको उपस्थितिमा भएको भएको भेलाले पालिका कमिटी गठन गरेको जिल्ला कमिटी सचिवालय सदस्य नवीन कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

त्यस्तै दिवश थापामगर उपाध्यक्ष बनेका छन् । भने सचिवमा हिमाल ग्यापकले जिम्मेवारी पाएका छन् । 

 

त्यस्तै उपसचिवमा नालबहादुर ग्यापकले जिम्मेवारी पाएका हुन् ।

 

उनका अनुसार आजै पालिकाको वडा नं ३ हिलेदेवी, बेथान र खनिया पानीको पनि वडा कमिटी समेत गठन गरिएको छ । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार