कर्तब्य ज्यान मार्ने उधोगमा १२ वर्षदेखि फरार राकाथुमका बाबुछोरा पक्राउ

| मंसिर ११, २०७८ शनिबार

फोटो सांकेतीक
A A A
A A A

११ मंसिर,रामेछाप । ज्यान मार्ने मुद्दामा १२ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा हालको खाँडादेवी गाँउपालिका १ पिपलबोट घरभएका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङ समेत रहेका छन् । उनीहरु बाबु छोरा हुन् । 

 


उनीहरुले काभ्रेको तेमाल गाउँपालिका ९ बस्ने २९ वर्षीय निखिल भन्ने तिर्थमान दोङ (तामाङ‌)लाई पुरानो रिसिबीले धारीलो हतियार प्रहार गरेर निर्मम तरिकाले हत्या गरेका थिए । 

 

सोपछि कर्तब्य ज्यान मुद्दामा फरार रहेका अन्दाजी ६५ वर्षीय ज्ञानबहादुर तामाङ र ४७ वर्षीय जयराम तामाङ्  छुट्टा-छुटै स्थानबाट पक्राउ परेका हुन । उनीहरु शुक्रबार र शनिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

 

उनका अनुसार ज्ञान् बहादुर तामाङलाई राकाथुमबाट र  जयराम तामाङ्लाई काभ्रे प्रहरीको सहयोगमा धुलिखेलबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याइएको उनले बताए  ।

 

उनीहरु बिरुद्ध गत २०६६ असोज १८ गते काभ्रेको मेच्छेपौवा गा.वि.स. वडा नं ९ बस्ने पृथीमान दोङले जाहेरी दिएका थिए ।