रामेछापमा निसान गाडी दुर्घटनाः ३ जना गम्भीरसहित २१ जना घाईते, काठमाडौं लैजाने तयारी

| मंसिर १३, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१३ मंसिर,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ४ पकरवासमा निसान गाडी दुर्घटनामा परि २१ जना घाईते भएका छन् । 

 


दुर्घटनामा परेकाहरुको अहिले उद्दार भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने 'दुर्घटनामा परेकाहरुको उद्दार भैरहेको छ । २१ जना दुर्घटनामा परेका रहेछन् । उद्दार गरि तामाकोशी अस्पताल मन्थलीमा उपचार हुदै भैरहेको छ ।'

 

 

तीन गम्भीर घाइतेलाई काठमाडौं लैजाने तयारी भैरहेको उनले बताए । गाडी नम्बर खुल्न बाँकि छ ।