गोकुलगंगाको बेताली र खाँडादेवीको भिरपानीमा एकिकृत समाजवादीको कमिटी गठनः माधवकुमार रिसाल र लालबहादुर तामाङ अध्यक्ष बने

| मंसिर १४, २०७८ मंगलबार

फाइल बेतालीमा गठित समितिका पदाधिकारीहरु ।
A A A
A A A

१४ मंसिर, रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बेतालीको अध्यक्षमा माधवकुमार रिसाल चयन भएका छन् । 

 


मंगलबार रिसालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको जिल्ला कमिटी सचिवालय सदस्य नवीन कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार  गोकुलगंगा गाउँपालिका ४ बेतालीको एस उपाध्यक्षमा यज्ञबहादुर सुनुवार र उमा कार्की चयन भएका छन्  ।


त्यस्तै शिला उकुर्टी  सचिव बनेकी छन । 

 

उनका अनुसार आजकै भेलाले निलप्रसाद घिमिरेको अध्यक्षतामा ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको उनले बताए । 

 

यता खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा पनि लालबहादुर तामाङको अध्यक्षतामा ४५ सदस्यीय वडा संगठन कमिटी गठन गरिएको उनले बताए । 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार