गोठगाउँमा १५ वर्षीय बालिका कार्कीबाट बलात्कृतः कार्की पक्राउ

| मंसिर १६, २०७८ बिहिबार

सांकेतिक तस्विर
A A A
A A A

१६ मंसिर,रामेछाप । १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने गोठगाउँका नबराज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

उनले रामेछाप नगरपालिका वडा नं-१ गोठगाँउ स्थित खुर्पातीमा रहेको बाँसघारीमा १५ वर्षिया वालिकालाई विभिन्न  डर-त्रास देखाइ बलत्कार गरेको रामेछाप प्रहरीले जनाएको छ । करणी गर्ने कार्की सोही ठाउँका ३२ वर्षीका छन् । 

 


कार्कीले बालिकालाई लछार पछार गर्दै बाँसघारी नजिकैको सिस्नोघारी नजिकै लगेर जबरजस्ती करणी गरेको रहेछ प्रहरीले भनेको छ । 

 


कार्कीलीई मंगलबार साँझ ७ बजे सोही ठाउँको वडा नं १ वडा कार्यालय नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

 

उनका अनुसार पक्राउ परेका कार्कीमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि जबरजस्ति करणी मुद्दामा अनुसंधान भैरहेको छ ।