यीनै सशस्त्र प्रहरी हुन् बाटोमा भेटेको २ लाख नगद धनीलाई भेटेरै दिने, उपहारको ४० हजार समेत लिएनन्

| मंसिर १७, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१७ मंसिर,रामेछाप । रामेछापमा सशस्त्र प्रहरीले सहयोगी मनको एक गर्विलो उदाहरण प्रस्तुत गरेका छन् । 

 

मन्थली नगरपालिका १२ गेलु घरभई सिन्धुपाल्चोक जिल्लामा सशस्त्र प्रहरी सहायक हवल्दारको काम गर्दै आएका अच्युत कुमार बोहोराले बाटोमा भेटेको नगद २ लाख रुपैयाँ जस्ताको तस्तै त्यो पैसाको धनीलाई भेटेर हस्तान्तरण गरेका हुन् । 

 

सिन्धुपाल्चोक जिल्लाबाट छुट्टीमा घर आउदै गर्दा मन्थली नगरपालिका वडा नं २ लिपेखोला नजिकै उनले एसीएन लाईफ  ईन्सोरेन्स शाखा प्रमुख भोजबाहदुर मानन्धारको महत्पूर्ण कागजात सहितको नगद २ लाख हस्तान्तरण गरेको रामेछाप सहयोगी मन (रासम) का सदस्य बिपिन भट्टराईले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार खाँडादेवी गाउँपलिका वडा नं ४ घरबाट मन्थली आउने क्रममा मानन्धरको २ लाख सहित मोटरसाईकलको लाईसेन्स, बिल–बुकसहितका सामाग्री हराएको थियो । करिब १०–१५ मिनेटको बीचमा उनले रकमसहितका सामाग्री भेटेर मानन्धरलाई शसस्त्र प्रहरी बल रामेछापका प्रमुख केशव प्याकुरेलसहितको उपस्थितिमा हस्तान्तरण गरेका हुन् । 

 

बोहोराले भेटेको पैसामात्रै फिर्ता गरेरनन्, भेटेर धनीले धन्यवाद सहित घोषणा गरेको नगद ४० हजार रुपैयाँ समेत नलिने घोषणा गरे । 

 

“यो पैसा मेरो हैन । यो मैले भेटेको मात्रै हो । यो मेरो दायित्व हो । जनताको सेवा गर्ने सेवाक मात्रै हो । त्यसैले यसको कुनै पनि पक्षमा मेरो अधिकार छैन् उनले भने ।”