उमाकुण्ड गाउँपालिका भित्रका बिद्यार्थीको स्वास्थ्य परिक्षण सुरु

| बैशाख ७, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

७ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले बालबालिकाको स्वास्थ्य परिक्षण सुरु गरेको छ ।

 

मंगलबारदेखि गाउँपालिकाले बालबालिका स्वास्थ्य नभएसम्म राम्रोसँग शिक्षा हासिल गर्न सक्दैन भन्ने कुरालाई ध्यानमा राख्दै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परिक्षण सरु गरेको गाउँपालिकाका शिक्षा शाखा बिनिता महतले रामेछाप टाइम्सलाई जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाले स्वास्थ्य संस्थासँग सहकार्य गरि वर्षमा २ पटक स्वास्थ्य परीक्षण गर्ने आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम अनुसारनै स्वास्थ्य चौकी, ग्रिन तारा नेपाल र गाउँपालिकाको आर्थिक सहकार्यमा विद्यार्थी बालबालिकाको स्वास्थय परिक्षण सुरु गरिएको हो ।

मंगलबार गाउँपालिकाको उत्तरी भेग वडा १ गुम्देल अन्तर्गत श्री हिमालय आधारभूत विद्यालय लहाछेवारबाट स्वास्थ्य परीक्षण कार्यक्रमको प्ररम्भ गरिएको छ ।

 

स्वास्थ्य परीक्षणमा विशेषगरी विद्यार्थीको उचाइ, तौल, आँखा, दाँत, घाँटी, पोषण स्थिति, व्यक्तिगत सरसफाइ लगायतको परीक्षण हुने छ । सो परिक्षणको जानकारी विद्यार्थीका अभिभावकलाई समेत दिइने छ । स्वास्थ्य परीक्षण कार्यक्रम गाउँपालिकाका सबै बिद्यालयमा गर्ने तयारी स्वारुप पहिलो पटक वडा नं १ का ७ वटै विद्यालयमा संचालन गरिने छ ।

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार