अबैध बालुवा उत्खनन् गरिरहेका रामेछापका स्काभेटर चालक र टिपर चालक खुर्कोट प्रहरी नियनत्रणमा

| मंसिर २१, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२१ मंसिर,रामेछाप । अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन् गरिरहेको रामेछापका स्काभेटर चालकसहित टिपर र त्यसका चालकहरु प्रहरीको नियनत्रणमा परेका छन् । उनीहरुले गत शनिबार सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ३ साँधीखोला स्थित सुनकोशी नदीबाट नम्बर मापदण्ड विपरित अबैधरुपमा नदिजन्य पदार्थ ९बालुवा० उत्खनन् गरी रहेको अवस्थामा नियन्त्रणमा परेका हुन् । 


नियन्त्रणमा पर्नेमा प्रदेश ३–०१–००६ ख १५२१ को स्काभेटर र बा ५ ख ४०८७ नम्बरको टिपर रहेका छन् । उनीहरुले स्काभेटरले अबैरुपमा उत्खनन गरि टिपरमा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । 


सो स्काभेटर अपरेटर (चालक) रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ बस्ने २२ वर्षीय सुमन पौडेल र टिपर चालक सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ बस्ने २६ वर्षीय लालम घिसिङ रहेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जानकारी दिएको छ । 


त्यस्तै सोही घटनामा संलगन रहेका बा ५ ख ४०८७ नम्बरको टिपरको र चेनवाला स्काभेटर तत्काल ल्याउन सकिने अवस्था नरहेको कारण बा ५ ख ४०८७ नम्बरको टिपर र चेनवाला स्काभेटर सुनकोशी स्याण्ड रिफाईन्डर बालुवा उद्योग प्रा।लि।का संचालकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । 

 

उक्त स्काभेटर अपरेटर सुमन पौडेल र टिपर चालक लालम घिसिङलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय सिन्धुली पठाईएको खुर्कोट प्रहरीले जनाएको छ ।