कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वरी दिने रामेछापकी नेतृ खड्काको घोषणा

| मंसिर २४, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२४ मंसिर,रामेछाप । नेपाली कांग्रेस रामेछापकी नेतृ बिनिता खड्काले केन्द्रीय सदस्यमा उम्मेद्वरी दिने घोषणा गरेकी छन् । 

 

 

बिहिबार खड्काले केन्द्रीय सदस्यको (महिला खस आर्य) पदमा उम्मेद्वरी दिने घोषण गरेकी हुन् । खड्काले गत जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा अत्यधिक मत ल्याएर बिजयी बनेकी थिइन् । संस्थापन ईतरसमूहकी खड्का आफू कांग्रेस केन्द्रीय कार्य समिति सदस्यमा सम्भवतः सबैभन्दा कान्छी उम्मेदवार रहेको दाबी गरिएको छ ।  

 

 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी रामेछापको सुनापति गाउँपालिकाबाट उपाध्यक्ष उम्मेदवार बनी दोस्रो स्थानमा आएकी थिइन् । उनका पिता भुवन खड्का र काका बद्री खड्का पनि जिल्लाका स्थापित कांग्रेस नेता हुन् ।