कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी रामेछापका युवा नेता रत्न कार्कीको घोषणा

| मंसिर २४, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२२ मंसिर,रामेछाप । नेपाली कांग्रेस रामेछापका युवा नेता रत्न कार्कीले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । आउदो आजदेखि कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सुरु हुदैछ । उनले (खस आर्य) तर्फ उम्मेद्वारी घोषणा गरेका हुन् । 

 

प्रदेशसभा १ रामेछापबाट उम्मेद्वार भैसकेका कार्की संस्थापन पक्षीय नेता हुन् । 


लामो समयसम्म कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ -नेविसंघ_को राजनीतिमा सक्रिय कार्की संघको पूर्व जिल्ला अध्यक्ष समेत हुन् । उनी नेविसंघको पूर्व केन्द्रीय सदस्य समेत बनिसकेका छन् । 

कार्की ११ औं महाधिवेशनदेखि कार्की निरन्तर महाधिवेशन प्रतिनिधिमा निरन्तर निर्वाचित हुदै आएका छन् । सामाजिक सेवामा राम्रो छवि बनाएका कार्कीले आफूलाई केन्द्रीय सदस्यमा जिताउन नेताहरुमा अपिल गरेका छन् । 


आफू केन्द्रीय सदस्य बनेमा कांग्रेसलाई बैचारिक, सैदान्तिक रुपमा पार्टीलाई सुदृढीकरण गर्दै आम नेपालीको आस्था र विश्वमा रहेर काम गर्ने बताएका छन् ।