बागमती प्रदेश अधिवेशन अन्त्य

| बैशाख ८, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

८ वैशाख, रामेछाप ।  बागमती प्रदेशसभाको चालु सातौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले गएराति १२ बजेबाट लागू हुने गरी चालु अधिवेशन स्थगित गरिएको सूचना जारी गरेका छन् ।

 

लामो समयदेखि स्थगित हुँदै आएको अधिवेशन गत चैत २४ गतेबाट सञ्चालनमा आएको थियो। ‘बागमती प्रदेश मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ को उपधारा ९२० बमोजिम २०७८ बैशाख ७ गते मंगलबार राति १२ बजे प्रदेशसभाको सातौं चालु अधिवेशन अन्त्य गरेको छु।’ प्रदेश प्रमुख प्रसाईंले जारी गरेको सूचनामा उल्लेख छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार