माओवादी केन्द्र मन्थली नगर वडा कमिटी सदस्य ‘कुमार’ सुनकोशी नदीमा मृत अवस्थामा भेटिए

| मंसिर २५, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२५ मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र मन्थली नगरपालिकाका वडा कमिटी सदस्य मृत अवस्थामा भेटिएका छन् । गत बिहिबार १६ गतेदेखि सम्पर्क बिहिन भएका आश्विन कुमार प्रसाईं  ‘कुमार’ एक हप्तापछि २३ गते बिहिबार सिन्धुलीको सुनकोसी नदी किनार सिन्धुलीमा मृत अवस्थामा भेटिएको मन्थली पार्टी उपाध्यक्ष दीपक प्रसाईले रामेछाप टाइम्सलाई जानकारी दिए । सम्पर्क बिहिन भएका प्रसाइको उमेर अन्दाजी ६०/६२ रहेको थियो । 

 

उनले भने ‘बेनीको जात्राको दिनदेखि सम्पर्कमा नआएका कुमार केही दिन अगाडि सिन्धुलीको सुनकोशी नदीको किनारमा मृत अवस्थामा एव ब्यबारिसे शव भेटिएको सिन्धुली प्रहरीले खबर गर्यो । बुझ्दै जाँदा शवको प्रकृती र हराएका कुमारको हुलिया मिल्यो हिजो यहाँबाट वडा अध्यक्षसहित ‘कुमार’ को छोरीहरुको टोली जाँदा शब हो भन्ने पुष्टि भएको छ । शवको पोष्ट माटो लागि सिन्धुलीमा आज राखिएको छ ।’ 

 

कुमारको श्रीमती, दुई भाई छोरा र एक छोरी छन् । जेठो छोराको विवाह भैसकेको छ भने दुई जनाको बाँकि रहेको छ  ।