गेलुमा बुढाथोकीको घरमा तास खेलिरहेका ५ जना १ लाख २३५०० रुपैयाँसहित रंगेहात पक्राउ

| मंसिर २५, २०७८ शनिबार

सांकेतिक तस्विर
A A A
A A A

२५ मंसिर,रामेछाप । रामेछापको मन्थली नगरपालिका ११ गेलुबाट तास खेलिरहेका ५ जना रंगेहात पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा सोही ठाउँ घरभएका ५१ वर्षीय टिका बहादुर तामाङ, ६० वर्षीय पटक बहादुर बुढाथोकी, ४० वर्षीय प्रेम घिसिङ, २४ वर्षीय सन्तोष मगर, र ४१ वर्षीय कृष्ण बहादुर लुंगेली रहेका छन् ।

 

उनीहरुको साथबाट तास खेलिरहेको अवस्थामा १ लाख २३ हजार ५ सय रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यस्तै तीन बुक तास पनि बरामद भएको प्रहरीले जनाएको छ ।

 

शुक्रबार साँझ ५ स ४५ बजेको समयमा मटक बहादुर बुढाथोकीको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।  पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान जारी रहेको जिप्रकाका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।