कांग्रेस महाधिवेश मतगणना अपडेट : देउवालाई दुई सय ३२ मतकाे अग्रता

| मंसिर २८, २०७८ मंगलबार

फाइल
A A A
A A A

२८ मंसिर,रामेछाप ।  नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा २ हजार ६ सय मतगणना सकिएकाे छ । अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ९ सय ५८ र डा. शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गरेका छन् । 

 

यस्तै, प्रकाशमान सिंहले १५३ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले ११७ र कल्याण गुरुङले ६ मत प्राप्त गरेका छन् । 

 

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २ हजार ३४० मत चाहिन्छ ।

 

नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।