कांग्रेस सभापतिमा पुःन देउवा निर्वाचितः २ हजार ७३३ मत पाए

| मंसिर २९, २०७८ बुधबार

फाइल
A A A
A A A

२९ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा फेरी सभापतिमा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हु न् । 

 

यसअघि २०७२ मा भएको १३ औं महाधिवेशनमा पनि देउवा दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए । देउवाले २ हजार ७३३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी शेखर कोइरालाले १ हजार ८५५ मत पाएका छन् । ३५ मत बदर भएको छ । दोस्र‍ो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए । 

 

कूल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६६९ जनाले मतदान गरेका थिए । तर सभापतिका पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् । यसअगाडि पनि देउवानै सभापति रहेका थिए । 

 

सबभन्दा धेरै मत पाएका देउवाले २ हजार २५८ र शेखरले १ हजार ७ सय २ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए ।

 

कांग्रेसमा यसपटक नेतृत्व परिवर्तनको मुद्दा उठे पनि त्यसो हुन सकेन । संस्थानपन इतर समूह पहिलो चरणमा तितरबितर हुँदा र दोस्रो चरणमा शेखरबाहेकका अरु नेता देउवातिर उभिंदा दोस्रो चरणमा देउवाको सहज जित भएको हो । देउवा हाल प्रधानमन्त्री समेत रहेका छन् ।