नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल शनिबार रामेछाप आउने

| मंसिर २९, २०७८ बुधबार

चन्द्रप्रकाश ढकाल
A A A
A A A

२९ मंसिर,रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको १३ औं वार्षिक साधारण सभाको उत्घाटन गर्न नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रामेछाप आउने भएका छन् । आउदो पौष ३ गते शनिबार हुन लागेको संघको १३ औं साधारण सभामा ढकाल आउने संघले बुधबार एक सूचना प्रकाशन गरि जानकारी दिएको छ ।

 

ढकाल यसअगाडि प्रमथ रामेछाप महोत्सवमा जिल्ला आएका थिए । त्यति बेला ढकाल उपाध्यक्ष बनेका थिएनन् । उपाध्यक्ष बनेपछि पहिलो पटक रामेछाप आउन लागेका ढकालले  व्यवसायीक क्षेत्रको निम्ती निकै महत्वपूर्ण अवसर रहेको छ । कोरोना महामारीले थिलथिलिएका जिल्लाका व्यवसायीहरु पछिल्लो समय विस्तारै चलायमान अवस्थामा फर्किदै छन् । तर, राज्यले व्यवसायीहरुको पुनर्उथानको निम्ती काम गर्न नसकेको गुनासो उनीहरुको छ । 

 

त्यस्तै छिमेकी जिल्ला सिन्धुलीले खुर्कोट अन्तर्गतको वीपी राजमार्गमा १० चक्के गाडी रामेछापमा प्रवेश नदिदाँ रामेछाप व्यवसायीहरु थप पीडित छन् । यो बीचमा हुन लागेको उपाध्यक्ष ढकालको भ्रमणलाई महत्वका साथ हेरीएको छ ।   

 

मन्थलीस्थित सामुदायिक आवास हलमा हुने सभामा सहभागी सम्पूर्ण उद्योगी, व्यवसायी, साधारण सदस्यहरुलाई संघले खबर गरिसकेको जनाएको छ ।