मोटरसाइकल दुर्घटनामा घाइते बर्देवाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्युः एक घाइते

| मंसिर २९, २०७८ बुधबार

फाइल
A A A
A A A

२९ मंसिर, रामेछाप । सिन्धुलीमा मोटरसाईकल टाटा सुमोले ठक्कर दिदाँ रामेछापका एक युवकको मृत्यु भएको छ । 

 


मंगलबार सुनकोशी गाउँपालिका–१ बलुवामा बाग्मती प्रदेश ०२०३० प ८६५६ नम्बरको मोटसाइकललाई काठमाडौँबाट सिन्धुली तर्फ हिडेको ना १ ज ६२६४ नम्बरको टाटा सुमोले ठक्कर दिदाँ मोटसाइकल चालक रामेछापको मन्थली नगरपालिका १३ फुलासीका ३५ वर्षिय रोशन बर्देवाको मृत्यु भएको हो ।

 

दुर्घटनामा गम्भीर घाइते बर्देवाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

 

यस्तै मोटसाइकल पछाडि सवार सोही स्थानकी ३० वर्षिय मन्जु मगरको धुलीखेल अस्पतामा उपचार भइरहेको सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले बताए । 

 

टाटासुमोसहित चालकलाई नियन्त्रणमा लिएको डिएसपी लामाले बताए । मोटरसाइकल रामेछापबाट काठमाडौँ हिडेको थियो ।