सुनकाे भाउ एकैदिन १३ सयले बढ्यो

| बैशाख ८, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

८ वैशाख, काठमाडौं । सुनको भाउ तोलामा १३ सयले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १३ सयले बढेर ९२ हजारमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय पुगको छ। 

त्यसैगरी आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार