बानेश्वरमा रामेछापका श्रेष्ठले संचालन गरेको इन्द्रेणी कम्प्लेक्समा लागेको आगो नियन्त्रणमाः २ करोड बढीको क्षेती

| पुस ५, २०७८ सोमबार

फाइल
A A A
A A A

५ पुष,काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा संचालित इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा लागेको आगो नियन्त्रणमा आएको छ । आगोलागीबाट करिब २ करोड भन्दा बढिको क्षेती भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

 

आज दिउसो करिब ३ बजे आगो लागेको थियो । अनुसन्धान अनुसार इन्भर्टरनमा आगलागी भएर आगो फैलिएको देखिएको  प्रहरी वृत बानेश्वरका प्रहरी नायब उपरीक्षक डीएसपी मिमबहादुर लामाले बताए । 


काठमाण्डौ, भक्तपुर र ललितपुर तीन वटै जिल्लाको दमकल सहयोगमा आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट जिम सेन्टरको सामान जल्दा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको जिम सेन्टरका सञ्चालकलाई उद्धृत गर्दै प्रहरी लामाले बताए ।

रामेछापको खाँडादेवी गाउँपालिका घरभएका शम्भु श्रेष्ठले संचालन गरेको फुडल्याण्डमा आगो लागेको हो । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार