सालकको खपेटा सहित मन्थलीबाट दुई दाजुभाई पक्राउ

| पुस ७, २०७८ बुधबार

फोटो
A A A
A A A

७ पुष,रामेछापमा । सालकको खपेटासहित दुई दाजुभाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका–४ च्याउकेठाँटीका २६  वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा रहेका छन् । 

 

उनीहरु आफ्नै घरमा लुकाई राखेको ३ सय ६६ ग्राम सालकको खपटा सहित जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।  

 

उनीहरुलाई आज (बुधबार) पक्राउ गरिएको सालखको खपाटेसाहित डिभिजन वन कार्यालय मन्थलीमा पठाइएको उनले बताए ।  

 

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान जारी छ ।