अनेरास्ववियू खाँडादेवी पालिका कमिटी अध्यक्षमा रायमाझी

| पुस ८, २०७८ बिहिबार

तस्विर स्रोत पुष्कट भट्टराई
A A A
A A A

०८ पुष, रामेछाप । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) खाँडादेवी गाउँपालिकाको अध्यक्षमा सुजन रायमाझी चयन भएका छन् । रायमाझीको अध्यक्षतामा सात सदस्यीय पदाधिकारी सहितको ३१ सदस्यीय पालिका कमिटी गठन भएको अनेरास्ववियूका जिल्ला कमिटी रामेछापका पुष्कर भट्टराईले सामाजिक संजाल फेस्बुक मार्फत जानकारी दिएका छन् । 

 

बुधबार पालिकामा भएको प्रथम भेलाले रायमाझीको अध्यक्षतामा पालिका कमिटी गठन गरेको हो ।

 

 
त्यस्तै सचिवमा अनोज पौडेलले जिम्मेवारी पाएका छन् । 

 

उता (अनेरास्ववियू) दोरम्बा शैलुङ् गाउँपालिकामा पनि पालिका कमिटी गठन भएको छ । डिकलाल मगरको अध्यक्षमा  ७ सदस्यीय कमिटी गनठ गरेको हो । 
उपाध्यक्षमा बिनिता माया मगर र उपाध्यक्ष बलबिर मगर चयन भएका छन् । 


त्यस्तै सचिवमा उत्तम ढुङ्गेल चयन भएका छन् । भने सह–सचिवमा रस्मिता ढुङ्गेल, राजु चौलागाइ र सदिप मगर चयन भएका छन् । 

 

पासाङ ल्यामु शेर्पाले कोषाध्यक्षको जिम्मेवारी पाएकी छन् ।