दोरम्बामा १२ वर्षीय बालिका बलात्कृत
संकेतिक फाइल
८ वैशाख, मन्थली । रामेछापको दोरम्बा गाउँपालिका वडा ३ टोकरपुरमा १२ वर्षकी बालिकामाथि जबरजस्ती करणी भएको छ ।
गत चैत्र २८ गते अन्दाजी ९ ः ३० बजेको समयमा बालिकामाथि करणी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । शारिरीक रुपमा अशक्त बालिकालाई ज्यानमार्ने धम्की दिएर वडा नं ६ का १९ वर्षीय सन्तोष ढुङ्गेलले बालिकामाथि करणी गरेका हुन् ।
ढुङगेलले बालिकालाई गोरु लिएर घरजाँदै गरेको मौकाछोपी हातमा समातेर तानी बाटो भन्दा मुनी बारीको पाटोको भित्तामा लगी जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।
करणी गर्ने ढुङ्गेललाई मंगलबार पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको रामेछाप प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
