गेलुमा एम्बुलेन्स दुर्घटनाः चालक घाइते,

| पुस १०, २०७८ शनिबार

दुर्घटनामा घाइते सुवास खड्का । तस्विर स्रोत रासम ।
A A A
A A A

१० पुष, रामेछाप । रामेछापको गेलुमा बोलेरो दुर्घटनामा परेको छ । मन्थली नगरपालिका वडा नं १२ गेलु सिक्रालमा गत साँझ बोलेर दुर्घटनामा परेको हो ।

 

 

दुर्घटनामा एम्बुलेन्सका चालक सुवास खड्का सामान्य घाइते भएका छन् । उनलाई उद्दार गरि उपचारको लागि जिल्ला अस्पताल रामेछाप लागिएको छ । 

 

नेपाली कांग्रेसका सभापति पूर्ण बहादुर तामाङ् (कान्छाराम) ले वडाको सहयोगको लागि हस्तान्तरण गरिएको बा १९ च ३९१९ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । 

 

सडकबाट करिब एक सय मिटर तल खसेको एम्बुलेन्स ध्वस्त भएको प्रत्यक्ष दर्शिले बताएका छन् । घाइते चालकको अवस्था सुधार भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

दुर्घटना केकारणले भएको भनि खुल्न सकेको छैन् ।