स्थानीय तहको चुनाव आउँदो वैशाख १४ र २२ गते गर्न प्रस्ताव (प्रस्ताव पत्रसहित)

| पुस १०, २०७८ शनिबार

तस्विर फाइल
A A A
A A A

१० पुष, रामेछाप । निर्वाचन आयोगले आउँदो वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । 

 

 

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँगको  छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते चुनाव गर्न सक्ने जानकारी दिएका हुन् । 

 

पालिकाको पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐनअनुसार पदावधि सकिनु दुई महिनाअघि चुनाव गरिसक्नुपर्ने व्यवस्था छ । चुनाव तयारीका लागि आयोगलाई एक सय २० दिन आवश्यक पर्ने आयोगले जनाएको छ ।  

प्रस्ताव पत्र हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार